arrow

सुन प्रकरणमा माथिल्लै तहको संलग्नता रहेको शेखरको आशङ्का

शीर्ष तीन दलका नेताहरू छलफलमा किन ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
shekhar-koitala=congress-meet.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा माथिल्लै तहको संलग्नता रहेको दाबी गरेका छन् । 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले  राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले माथिल्लै तहको संलग्नता रहेको  आशङ्का उब्जिएको बताए । 

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय रहेका (नवराज ढुङ्गाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले आशङ्का उब्जिएको बताए ।

कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरू छलफल बसिरहेकोप्रति पनि आशङ्का व्यक्त गरे।  उनले भने, ‘अर्कोतिर संसद चलिरहेको छ, विपक्षी पार्टी एमाले संसद अवरुद्ध गरेर बसिरहेको छ । संसदमा जति बोल्नु नि । बोलेर त्यसमा प्रतिपक्षले पनि बोल्नु सुन काण्डकै त इस्यु होला । आफ्ना कुरा राख्नु नयाँ कुरा भए एक्सपोज गर्नु । सत्ता पक्षका साथीहरू पनि बोल्लान् । पक्ष विपक्ष त स्वाभाविक हो नि । सांसदलाई अवरुद्ध गर्दा राष्ट्रलाई कति क्षति भइरहेको छ, यो कुरा विपक्षी दल नेपाली काँग्रेसले पनि बुझ्न जरुरी छ । एउटा इस्यु आउँछ, घटना अघि बढ्दै जान्छ, अनि शीर्ष तीन नेताहरू एक ठाउँमा बसिहाल्छन् । बसेर छलफल गर्छन् के गर्छन् थाहा छैन मलाई । हिजो अस्ति पनि छलफल भएको छ । के भएको भन्ने माग गर्नुस् । यो कुरालाई उजागर गर्न सक्नुपर्छ ।’

 उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताए । उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान ओझेलमा पर्ने दाबी गरे । 

उनले भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताए । नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरूको संलग्नता रहेको आशङ्का गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताए । उनले देशमा अराजकता र दण्डहीनता बढिरहेको बताए । उनले मानिसको हत्या गर्नेहरूलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गरे । नेता कोइरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ