arrow

हिजो ३३ किलो सुन काण्डमा पनि उच्चस्तरीय छानबिन समिति बनेन (भिडियो)

उच्चस्तरीय समिति चाहिँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
33-=kilo-ma-pani-banena.JPG

काठमाडौं ।  नेपाल सरकारकी प्रवक्ता  रेखा शर्माले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति नबन्ने बताएकी छन् । सञ्चारमन्त्री समेत रहेकी शर्माले हिजो ३३ किलो सुन काण्डमा पनि उच्चस्तरीय छानबिन समिति नबनेको भन्दै सय किलो सुन तस्करी प्रकरणमा पनि समिति बन्न नपर्ने बताएकी हुन् । 

उनले सुन तस्करीमाथिको छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको बताइन् । उनले भनिन् ,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ