arrow

इमरान खानलाई तीन वर्षको जेल सजाय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
imran-khan-pok.jpg
तस्बिर-फाइल

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन् । उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको बीबीसीले जनाएको छ । 

अदालतको फैसला लगत्तै खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

शनिबार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए । 

बीबीसीका अनुसार अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

इमरानको पार्टी तेहरिक-ए-इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।

‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् ।

पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो ।

न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् ।

खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। उनको पार्टी तहरिक-इ-इन्साफले फैसलालाई ‘पक्षपातपूर्ण’ भन्दै टिप्पणी गरेको छ र त्यस विरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने जनाएको छ । 

पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन् ।

अदालतले फैसला सुनाइँदा एउटा भिड, जसमा कतिपय मुद्दा दायर गर्ने पक्षका वकिलहरूले पनि थिए, अदालतको भवन बाहिर इमरान खानमाथि चोरीको आरोप लगाउँदै नाराबाजी गरेका थिए ।

गएको मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सो गिरफ्तारीलाई गैर कानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए । त्यसयता उनको दलले अधिकारीहरूबाट चरम दबाबको सामना गरिरहेको छ ।

कैयौँ वरिष्ठ नेताहरूले दल छाडेका छन् र खान गिरफ्तार भएपछिको प्रदर्शनमा संलग्न भएको आरोपमा हजारौँ समर्थकहरू पक्राउ गरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ