arrow

महरा सुन प्रकरणमा जोडिएपछि सापकोटाले भने- पार्टी अध्यक्षले छोड्दिन भन्नु भएको छ (भिडियो)

पत्रिकामा आउने बित्तिकै सबैलाई पक्रने हो भने नेपाल जेल हुने खतरा हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
madhav-sap.JPG

काठमाडौं । सुन तस्करी प्रकरणमा  माओवादी केन्द्रका नेताहरूको नाम जोडिएसँगै छानबिनको माग भइरहेको छ । माओवादी केन्द्रका सदस्यहरूले नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरि दोषी देखिए कारबाही गर्न माग गरेका छन् ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका हुन् । 

बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको केन्द्रीय सदस्य माधव सापकोटाले  बताए । उनले नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठेको बताए । 

पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी कुनै उजुरी नआएको बताए ।

यद्यपि नेताहरूको संलग्नता देखिए नछोड्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वचन दिएको सुनाए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ