arrow

ग्लोबल आईएमई बैंकले बढायो नाफा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
global-ime-bank-bok.jpg

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.२६ प्रतिशतले धेरै हो । 

गत वर्ष यसले ४ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा ग्लोबलको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत र सञ्चालन नाफा ४४.२६ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । 

यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा भने ८.७१  प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ । यता, बैंकको प्रतिशेयर आम्दानी पनि ० रुपैयाँ ७ पैसाले घटेर २० रुपैयाँ ७७ पैसामा कायम भएको छ ।

गत वर्ष यसको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८४ पैसा रहेको थियो । यसको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा छ । ग्लोबलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ