arrow

सुन तस्करी प्रकरणका सबै आरोपी सीआईबीको हिरासतमा [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
100kg-gold-cib-2080-04-21 (10).jpg

काठमाडौँ । सय किलो सुन तस्करी प्रकरणका सबै आरोपीलाई प्रहरीको जिम्मा लगाइएको छ । राजस्व अनुसन्धान विभागको पुल्चोकस्थित हिरासतमा रहेका सबै आरोपीलाई प्रहरीको जिम्मा लगाइएको हो । 

१८ दिनसम्म आफैँले सम्हालेको विभागले आज सबै अनुसन्धानका प्रमाण र आरोपीहरुलाई प्रहरीको जिम्मा लगाएको हो । आजदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो प्रकरण सम्हालेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब सय किलो सुन सिनामंगल सडकबाट बरामद गरिएको थियो।  उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालक, तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परेका छन् । 

जसमा एक जना भने हाजिरी जमानीमा रिहा भएका छन् । 

उक्त प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन शुरुआतदेखि नै दबाब रहेको थियो । यसकै कारण संसदका दुवै सदन एमालेले अवरुद्ध गर्दै आएको छ । 

100kg-gold-cib-2080-04-21 (1).jpg
100kg-gold-cib-2080-04-21 (2).jpg
100kg-gold-cib-2080-04-21 (3).jpg
100kg-gold-cib-2080-04-21 (4).jpg
100kg-gold-cib-2080-04-21 (5).jpg
100kg-gold-cib-2080-04-21 (6).jpg
100kg-gold-cib-2080-04-21 (7).jpg
100kg-gold-cib-2080-04-21 (8).jpg
100kg-gold-cib-2080-04-21 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ