arrow

आज पनि संसद चल्ने छाँट छैन, भर प्रधानमन्त्रीमा, मध्यान्ह सभामुख नेताहरुसँग छलफल गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
Parliament_building-1619601493.png

काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्ने समय तालिका रहेको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा बोलाइएको छ । 

तर यो बैठक बस्ने पनि टुंगो लागिसकेको छैन । किनभने संसदका दुवै सदनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । उसले साउनको पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब सय किलो अवैध सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै आएको छ । 

साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । सरकारले भने यसबारेमा कुनै पहल गरेको छैन । सरकारले पहिले राष्ट्रिय अनुसन्धान विभागलाई छानबिनको जिम्मा दिएको थियो भने आइतबारदेखि मात्रै नेपाल प्रहरीले केन्द्रीय अनुसन्ँधान ब्यूरो सीआईबीले जिम्मा पाएको छ । 

आजको बैठक नियमित गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरूसँग छलफल गर्दैछन् । यो बैठक संसदको अवरोध हटाउन केन्द्रित भए पनि यसले समाधान निस्कने छाँट भने सरकारले ल्याएको छैन । 

एमालेको एकमात्र माग भनेको उच्च स्तरीय छानबिन समिति नै हो । 

एमाले सचेतक महेश बर्तौलाले प्रचण्ड सरकार संसद चलाउन इच्छुक नभएको आरोप लगाएका छन् । उनले भने, ‘सरकारले बन्द गर्न चाहन्छ । सरकार सदनलाई अवरोध गर्न चाहन्छ । हामी त हाम्रो मुद्धा राखिराख्या छौँ । उच्च स्तरीय छानबिन समिति बनाउँ भनिराख्या छौँ । तर ऊ मानिराख्या छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ