एमालेले आज पनि दिएन संसद चल्न, राष्ट्रिय सभा बुधबारसम्म स्थगित
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
1.6k
Shares
काठमाडौँ । राष्ट्रिय सभा बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि साउन २४ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।
एमालेले गत साउन २ गते नियन्त्रणमा लिइएको करिब सय किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ ।
आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
आजै सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका संसदीय दलका नेता सहितको बैठक बोलाएर छलफल गरेका छन् ।