arrow

सीआईबीले थाल्यो अनुसन्धान, क्विन्टल सुन प्रकरणका आरोपी हिरासतमा (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
100kg-gold-cib-2080-04-21 (10).jpg

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन प्रकरणका आरोपीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सीआईबीले  क्विन्टल सुन प्रकरणका आरोपीलाई हिरासतमा राखेर अनुसन्धान थालेको हो । 

सोमबार आरोपीको म्याद मिलान गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए । 

म्याद मिलानपछि सोमबारै उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सीआईबीलाई अनुमति प्राप्त भएको छ । “सोमबार म्याद मिलान गरी सोमबारै सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ, अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउँदै छ”, प्रवक्ता कडायतले भने । 

सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ । 

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले सोमबारदेखि अनुसन्धान थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ