arrow

टाइगर प्यालेस रिसोर्टको बिक्रीबारे अख्तियारको चासो

logo
नारायण वली,
प्रकाशित २०८० साउन २४ बुधबार
tiger-palace-ciaa.jpg

रुपन्देही । २०७४ सालमा अस्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुपले करिब ५ अर्ब लगानीमा रुपन्देहीको कोटिहवामा सञ्चालन गरेको टाइगर प्यालेस रिसोर्ट विदेशी लगानीकर्ता र नेपाली साझेदारबीच उत्पन्न विवाद र स्थानीय राज कुलोसहित सरकारी जग्गा हडपेको र कर्मचारीहरुलाई तलब नदिएर निकालेको लगायतका मुद्धामा पराजय भोगेको रिसोर्टले केही महिनायतादेखि रफ्तार लिन सकेको छैन । 

जग्गाको विषयमा परेको मुद्धामा जिल्ला अदालत रुपन्देहीमा हारेको र कामदारहरुलाई तलब नदिएको र कामबाट निकालेको मुद्धामा तलब भर्नुपर्नेसहित काममा पुनर्बहाली गर्नुपर्ने श्रम अदालत काठमाडौँले फैसला गरेको विषय स्थिर बनेका बेला विवादित छविको रिसोर्ट एकाएक तेस्रो मुलुकमा डिल भएर बिक्री भएको समाचार आएसँगै यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोसमेत ध्यानाकर्षण भएको पत्रले चर्चा पाएको छ ।

अख्तियारले नेपाल राष्ट्र बैंकलाई गत जेठमै पत्र पठाएर आयोगमा दर्ता भएको उजुरीका आधारमा यस सम्बन्धमा के कसो भएको हो ? तत्काल जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।

जिल्ला अदालत र श्रम अदालतमा मुद्धा हारेर बसेको पाँच तारे टाइगर प्यालेस रिसोर्ट एक्कासी डिल भएर बिक्री भएको विषय बाहिरिएपछि सरकार र अख्तियारले छानबिन थाल्ने भएका छन् ।

विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको सो होटल अमेरिकामा रहेका एनआरएनहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले यसको छानबिन थाल्ने भएका हुन् ।

लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइरहेका चितवनका बुद्धिसागर सुवेदी अध्यक्ष रहेको समूहले होटल खरिद गरेको हो ।

एनआरएन अमेरिकाका अध्यक्ष सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो ।

हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको कम्पनीले जनाएको छ ।

यता नयाँ लगानीकर्ताको पक्षमा बोल्नेहरुले यसअघि आफैँ लिन खोजेका व्यक्तिहरुको समूह नै अख्तियार र सरकारमा पुगे पनि कानूनी प्रक्रिया पूरा गर्न नयाँ लगानीकर्ता तयार भएकाले केही समस्या नपर्ने दाबी गरेका छन् ।

यसैगरी टाइगर प्यालेसमा लगानी गरेको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरे पनि सकेको थिएन ।

सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । उनी लगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डीसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेको बताइएको छ ।

हिमालयन टाइगरमा सुवेदी, एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, क्यानाडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतको लगानी रहे पनि उनीहरुले सार्वजनिक गरेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ