arrow

इमरानको सुनुवाइ आज, जेल हालेपछि निर्वाचनको तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
imran-khan-pti-chairpersion.jpg

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्न माग गर्दै दिइएको पुनरावेदनउपर आज सुनुवाइ हुँदैछ । ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले मंगलबार पुनरावेदन दायर गरेका थिए । पुनरावेदनमा उनलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । त्यसै पुनरावेदनउपर आज बुधबार सुनुवाइ हुने बताइएको छ । 

पूर्वअन्तर्राष्ट्रिय क्रिकेट स्टार खानलाई  गत शनिवार पक्राउ गरिएको थियो । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्‍याएर उक्त अदालतले शनिवार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।

पूर्व प्रधानमन्त्री खानलाई राजधानी इस्लामवादबाट करिब ६० किलोमिटर पश्चिममा रहेको ऐतिहासिक एटक शहरको बाहिरी भागमा रहेको औपनिवेशिक युगको जेलमा राखिएको छ । तल्लो स्तरको उक्त जेलमा अमानवीय ढङ्गले उनलाई राखिएको उनका वकिल मिसाल युसुफजाईले बताएका छन् । 

यता इमरान खान जेल परेपछि पाकिस्तानमा निर्वाचनको तयारी थालिएको छ । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले आफ्नो कार्यकाल सप्ताहको अन्त्यमा हुनुभन्दा केही दिन अघि संसद भङ्ग गर्ने तयारी गरेका छन् ।  जुन लोकप्रिय पूर्व नेता खान भ्रष्टाचारको मुद्दामा जेल परेको केही समयपछि आएको हो। शरीफले देशको सङ्घीय सरकार अगस्ट ९ आज विघटन हुने बताएका छन्।  उनले सो बारे मङ्गलबार जानकारी दिँदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताएका छन् । 

"म अगस्ट ९ मा मेरो सरकार र राष्ट्रिय सभा विघटन गर्नेछु," सरिफले आइतबार पञ्जाब प्रान्तमा एक र्‍यालीमा भने ।  पाकिस्तानमा नोभेम्बरको मध्यसम्ममा निर्वाचन सम्पन्न गर्न समय छ, सरकारी अधिकारीहरूले मतदाता सूचीहरू परिमार्जन गर्नुपर्ने र निर्वाचन क्षेत्रहरू पुनः कोर्नु पर्ने छ, जसले गर्दा निर्वाचन दुईदेखि छ महिनासम्म ढिलाइ हुन सक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ