arrow

सुन तस्करलाई सिनामङ्गलमा नसमातेको भए मालिककोमा पुग्थ्यो होला नि ? (भिडियो)  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
ravi-lamichhane-2080-04-23.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करलाई सिनामङ्गलमा नसमातेको भए मालिककोमा पुग्थ्यो होला नि भनी सरकालाई प्रश्न गरेका छन् । गृहमन्त्रीलाई प्रश्न गर्दै रविले यस्तो बताएका हुन् । 

उनले भने,'  सरकारले एउटा हातले एयरपोर्टमा छोडे तापनि सिनामङ्गलमा अर्को हातले समायो भनेर खुसी हुन त स किन्छ तर, सिनामङ्गलबाट लात्ताले प्वाक्क हानेर छोडिदियो भन्न सकिन्थ्यो होला त । सिनामङ्गलमा नसमातेको भए मालिक कहाँ पुग्थ्यो होला नि ।' 

उनले तीन दिनसम्म किन नपुगिएको होला ? २० दिनमा अनुसन्धानलाई प्रभावित हुने कयौँ क्रियाकलापहरू भए होलान् भनी गृहमन्त्रीलाई प्रश्न संकेत गरेका छन् । 

उनले थपे,'  गृहमन्त्रीलाई प्रश्न छ, बाटोमा समातिएको सुन मालिककहाँ जान किन नदिएको होला ? तीन दिनपछि कम्पनीमा छापा मारियो, तीन दिनसम्म किन नपुगिएको होला ? तीन दिनपछि पुग्दा ब्रेक सु नभएको खाली डब्बाहरू भेटियो । त्यो समय किन दिइएको होला ? २० दिनसम्म राजस्व अनुसन्धानको छानबिनमा पर्‍यो, जब दबाबहरू बढ्दै गए अहिले सीआइबी तर्फ गएको छ । यो २० दिनमा अनुसन्धानलाई प्रभावित हुने कयौँ क्रियाकलापहरू भए होलान् । प्रमाण लुकाउने, विदेश भाग्ने काम भए । यी कामहरूको जबाफ कसले दिन्छ ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ