arrow

प्रतिनिधि सभाको बैठकमा एमालेको अवरोध [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठक १५ मिनेट ढिला गरी दिउँसो १ः१५ बजे शुरु भएको हो । तर त्यस लगत्तै एमालेले फेरि अवरोध गरेको छ । 

एमालेले अवैध सुन तस्करी काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म एमालेले बैठक चल्न नदिने बताएको छ । 

साउन १० देखि नै एमालेले अवरोध गरिरहेको छ । 

सभामुख देवराज घिमिरेले देशमा जनताका कुराहरु धेरै भएकाले त्यसमा छलफल गर्नुपर्ने भएकाले एमालेलाई अवरोध नगर्न आग्रह गरे पनि एमालेले रोष्ट्रम घेराउ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ