arrow

चिन्ता राष्ट्रिय सुरक्षाको

अमेरिकी र चिनियाँ अधिकारीको भ्रमणले राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
nepal-sambhanda.JPG

काठमाडौं ।  अमेरिका र  चिनियाँ अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बनेको बताइएको छ ।

बिहीबारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका हुन् । उनले भने,' अमेरिका र  चिनियाँको भ्रमण बाक्लिएको छ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध त्यति नै जटिल हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ । हाम्रो राष्ट्रिय सुरक्षा त्यति नै गम्भीर बन्दै छ भन्ने अर्थ लाग्छ ।' 

उनले राजनीतिक नेतृत्व इमानदार भएर काम गर्न नसकेको बताए । उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा सबै राजनीतिक दलहरू एक हुनुको विकल्प नरहेको बताए ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौदीले राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पुर्‍याउन नागरिकता दिने कुराले पनि भूमिका खेलेको बताए । उनले नागरिकता सहजै उपलब्ध गराउने कुराले नेपालको राष्ट्रिय सुरक्षामा कति असर गर्छ भनेर सोच्न जरुरी रहेको उल्लेख गरे ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएकाले सबैभन्दा पहिला नागरिकलाई दिएको नारा पूरा गर्न लाग्नुपर्ने बताए । उनले नागरिकलाई दिएको वाचा पूरा गर्न नसके बाह्य मात्रै नभई आन्तरिक रूपबाट पनि देश कमजोर बन्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ