arrow

गृहमन्त्रीको राजीनामा माग्नबाट पछि नहट्ने सांसद शर्माको अडान  [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
sunil-kumar-sharma-morang-3-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नबाट आफू पछि नहट्ने बताएका छन् । 

आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।

एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । 

उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ