arrow

यी हुन् भारत र पाकिस्तानसँग एसिया कप खेल्ने नेपाली क्रिकेट खेलाडीहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
asia-cup-cricket-nepal.jpg

काठमाडौँ । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आसन्न एसिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । 

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम शार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाललाई समावेश गरिएको छ । 

पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ ।

३० अगस्तदेखि शुरु हुने एसिया कपमा नेपालको पहिलो सहभागीता हो । नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग ३० अगस्तमा उसकै भूमिमा खेल्नेछ । 

समूहको दोस्रो खेल नेपालले ४ सेप्टेम्बरमा भारतसँग श्रीलंकामा खेल्नेछ । 

नेपालको समूहमा भारत र पाकिस्तान हुँदा दोस्रो समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । 

समूहका शीर्ष दुई टिम सुपर फोरमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ