arrow

रविको आरोप- सभामुखले सदन ‘हाइज्याक’ गरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
rabi-sabamukh.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई ‘हाइज्याक’ गरिएको बताएका छन् । सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकूल चलाएर ‘हाइज्याक’ गरिएको बताएका हुन् । 

उनले संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरूप संसद बैठक चलाइएको बताए । उनले संसद बैठकको यस प्रकारको क्रियाकलापको रास्वपाले घोर भर्त्सना गर्ने बताए । 

सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उनले कसको लागि र किन त्यस्तो गरिएको हो भनी प्रश्न गरे । उनले सभामुखमाथि शङ्काको घेरा देखिएको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ