arrow

गल्दै अवैध सुन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
gold-galdai- (11).jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक सु भित्रको सुन निकालेर गाल्न थालेको छ । राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गलाउने काम भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । 

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको थियो । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ । 

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो ।

उक्त अवैध सुनकाण्डको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको छ । 

gold-galdai- (1).jpg
gold-galdai- (2).jpg
gold-galdai- (3).jpg
gold-galdai- (4).jpg
gold-galdai- (5).jpg
gold-galdai- (6).jpg
gold-galdai- (7).jpg
gold-galdai- (8).jpg
gold-galdai- (9).jpg
gold-galdai- (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ