arrow

तीन संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । 

बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि तथा पशुपंछी विकास मन्त्री, मन्त्रालयका सचिव लगायतका पदाधिकारीसँग समितिमा छलफल गर्ने कार्यसूचि छ । 

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा १६ औं योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआवद्धता, एलडिसी ग्रेजुएशन स्टाटेजी र हाइ लेभल पोल्टिकल फोरमको सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ