arrow

टेलिमेडिसिन सेवा लिँदै विदेशमा रहेका नेपाली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
telemedicine-nepal-sewa.jpg

काठमाडौं ।  वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ ।  गत आर्थिक वर्षको ४ महिनामा ९ सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । उनीहरूले वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवामार्फत स्वास्थ्य सेवा लिएका हुन् ।  

टेलिमेडिसिन सेवा लिनेहरूमा सबैभन्दा बढी मलेसियाबाट २ सय ७५ जना छन् । त्यसै गरी साउदी अरेबियाबाट २ सय २७ जना, युएईबाट ९७, कुवेतबाट ७१, कतारबाट १ सय ४, जापानबाट १९, कोरियाबाट ५७, पोर्चुगलबाट ११,रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ गरी जम्मा ९ सय ३७ जनाले सेवा लिएको बोर्डले जनाएको छ । सबैभन्दा बढी मेडिसिनमा ३ सय १२, सर्जरीमा १ सय ७२ र अर्थोपेडिकमा १ सय ३२ जनाले सेवा लिएका छन् । 

बोर्डले गत आर्थिक वर्षको चैत महिनाबाट बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले पाइलट टेस्टको रूपमा बोर्डले शुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी रहेको जानकारी दिए । उनले तत्कालका लागि एक जना चिकित्सक र २ जना स्टाफ नर्स कुनै समयमा पनि उपलब्ध हुने गरी शुरु गरिएको सेवा प्रभावकारी देखिएपछि बिस्तार गर्दै लैजाने सोचमा बोर्ड रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ