arrow

सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति बैठक बस्दै छ ।  सुशासन समितिको बैठक दिउँसो १ बजेबाट बस्दै छ । 

बैठकमा जलवायु परिवर्तन र यसले पुर्‍याएको असर र प्रभाव (सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगी प्रकोप लगायत) को न्यूनीकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ