arrow

रास्वपाले भ्रष्टाचारीलाई कहिल्यै जोगाउँदैन – रवि लामिछाने

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० भदौ २ शनिबार
ravi-lamichhane-2080-05-01-.jpg

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले कुनै पनि भ्रष्टाचारीलाई कहिल्यै नजोगाउने बताएका छ्न्  । 

झापाका विभिन्न स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा गौरादहको सभालाइ सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न आफ्नो पार्टी निरन्तर लागिरहने  बताए ।

साथै आफ्नो पार्टीभित्र भ्रष्टाचारीलाई कुनै ठाउँ नरहेको भन्दै  यदि पार्टीभित्र कोही त्यस्तो ब्यक्ति पाइए त्यस्ता ब्यक्तिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ७२ घण्टाभित्र कारबाही गरिसक्ने उनले बताए ।

‘चाहे जोसुकै होस् भ्रष्टाचारमा डुङडुङ्ती गन्हाएर फूलमाला, अबिर लगाएर हिँड्न पाइँदैन त्यो मान्छे जेल जानुपर्छ’ भन्ने आफ्नो पार्टीको एकसूत्रीय माग रहेको उनले बताए  ।

सम्बोधनकै क्रममा यदि यो सरकार भ्रष्टाचार नियन्त्रण गर्न  भ्रष्टाचारको जरैसम्म खोतल्ने गरी लाग्ने हो भने सरकारको यस कदमप्रति आफूहरुको समर्थन रहने लामिछानेले बताए  । 

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएकोसमेत टिप्पणी गरे  ।

झापाको बुद्धशान्ति , बिर्तामोड ,सुरुङ्गा , दमक र गौरादहमा आयोजित सभामा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, सांसद मनिश साह, प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ