arrow

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ?

‘बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
binita-panta.jpg

काठमाडौं । बालबालिकाको जीवन रक्षा,स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी सङ्कटहरूसँग लड्न सक्छन् । 

तर, अहिले पनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकिरहेका छैनन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ । पोषण भन्ने बित्तिकै सन्तुलित खानाको राम्रो प्रबन्ध गरेको भनेर बुझिन्छ । 

शरीरमा बन्ने विभिन्न कम्पाउन्डहरू हेमोग्लोविन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ । हाम्रो शरीरमा पौष्टिक तत्त्वको उपयोग हुनुपर्ने हुन्छ । यदि शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने पोषणविद् (डाइटेसियन) विनीता पन्त बताउँछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ