arrow

प्रधानमन्त्री निवास अगाडि उत्रिए जापानी नागरिक [भिडियो]

आणविक केन्द्रको पानी समुन्द्रमा फाल्ने निर्णयविरुद्ध विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
japannies-birodh.jpg

काठमाडौं । जापान सरकारले निष्क्रिय भएको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविक दूषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरू आन्दोलनमा उत्रिएका छन् । ३५ डिग्रिमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरुले जापानी प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर सरकारलाई सम्बन्धित पक्षहरूको सहमति बिना निर्णय नलिन चेतावनी दिएका हुन् । 

मार्च ११, २०११ मा ९.० रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको सुनामीबाट ग्रस्त फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रले विकिरण जारी गर्ने कोर मेल्टडाउनको सामना गरेको थियो । परिणामतः लेभल ७ आणविक दुर्घटना भएको थियो । जुन अन्तर्राष्ट्रिय आणविक र रेडियोलोजिकल घटना स्तरमा उच्च हो ।

 प्लान्टले भवनहरूमा आणविक इन्धनलाई चिसो पार्नबाट विभिन्न पदार्थहरूले दूषित पानीको ठूलो मात्रा उत्पादन गर्दै आएको छ । जुन अहिले करिब एक हजार भण्डारण ट्याङ्कहरूमा भण्डारण गरिएको छ । जापानी सरकारले अप्रिल २०२१ मा प्रशान्त महासागरमा फोहोर पानी छोड्ने विवादास्पद योजना घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ