- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज पुनः सर्वदलीय बैठक बस्दैछ । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा ११ बजे सर्वदलीय बैठक बस्नेछ । बैठकले हिजो भएको सहमति अनुसार सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टीओआर) ड्राफ्ट पेश गर्नेछ । त्यसपछि शिर्ष नेताहरुको बैठक २ बजे बस्ने बताइएको छ ।
हिजोको बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ । सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले बताए ।
उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउने कुरामा सत्ता पक्षले सहमति जनाएको र भोलिसम्म आफ्नो आजकै प्रतिवद्धता अडिए संसद सुचारु हुने बताए । उनले उच्चस्तरीय समिति कस्तो बनाउने भन्नेमा सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताए ।
सत्तारुढ दल नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताए ।उनले भने, ‘छलफल भएको छ, सकारात्मक छ । सबैकुरा आएका छन् । सबै विकल्पमा सम्भावनामा छलफल भएको छ । भोलि बसेर टुंगोमा लैजानेछाँै ।’