- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची आणविक केन्द्रको पानी समुन्द्रमा फाल्ने भएको छ ।
परमाणु ऊर्जा संयन्त्रको परमाणु दूषित जल समुन्द्रमा फाल्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको हो ।
सरकारको सो निर्णयको चौतर्फी विरोध भइँरदा सरकारले भने दूषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ ।
समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरूले सरकारको निर्णयको विरोध गरिरहेका छन् ।