arrow

काटिएको धानको गाँजबाट किसानले फेरि फलाए धान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
dhhan-retung.jpg

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् । रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो । 

किसानहरूले परम्परागत रूपमा उखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ । विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । 

अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको पराल सहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणको लागि लगाइएको धान खेतमा एक पटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । 

माटोको बनावटअनुसार फरक फरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए । पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय,पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ