arrow

सुन तस्करीमा जोडिएका अध्यागमनका महानिर्देशक झलकरामलाई गृहमा ताने नारायणकाजीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
jhalakram-adhikari-2023.jpg

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको सरुवा भएको छ । उनलाई गृह मन्त्रालयमा तानिएको छ । अवैध सुन तस्करी प्रकरणमा मुुछिएका उनलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा सरुवा गरिएको हो ।

सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो ।

अधिकारीले दावासँग गरेको कुराकानी सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीमाथि अनुसन्धान पनि हुन सक्ने जनाइए पनि निलम्बनमा नराखी अनुसन्धानको दायरामा आउने उच्च स्रोतले जनाएको छ । 

स्रोतका अनुसार उनलाई अनुसन्धान गर्नकै लागि मन्त्रालयमा तानिएको हो । 

अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रिय पात्र मानिन्छन् । उनी अनुसन्धानमा तानिने हो भने यसअघिका ठूला ठूला अवैध प्रकरणको अनुसन्धान गर्नसमेत सजिलो हुने बताइन्छ । 

गृहमन्त्री श्रेष्ठले नै उनलाई मन्त्रालयमा तानेकोसमेत उच्च स्रोत बताउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ