arrow
ADVERTISEMENT

बढ्दै मानसिक समस्या [भिडियो]

के हो उपचार पद्धति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
manaskik-samasya.jpg

काठमाडौं । मानिस पूर्ण रूपमा स्वस्थ रहनको लागि शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ । कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन । कुनै व्यक्ति शारीरिक रूपमा स्वस्थ भइकन उसको मन, विचार, सोच, व्यवहारमा तादम्यता राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्यता कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्यो सँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रूपमा चाल पाउँछ,त्यसलाई मनन गर्न सक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्न सक्छ भने यो अवस्थामा व्यक्तिको मानसिक रूपमा स्वस्थ भएको बुझिन्छ ।

मानसिक रोग भनेको यो अवस्थाबाट विचलित भएको अवस्था हो । व्यक्तिको मन, वचन, कर्म, व्यवहार आपसमा तादम्यता राख्दैन । सोच अर्कै खालको छ, उसको सामान्य मानिसको भन्दा व्यवहार अर्कै खालको छ, जसले उसलाई, परिवार, समाजलाई अप्ठ्यारो पार्‍यो । सामाजिक पेसागत काममा अप्ठ्यारो पर्न थाल्यो भने व्यक्ति मानसिक रूपमा स्वस्थ छैन भनेर बुझ्नुपर्छ । 

पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरूका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ