arrow

एसिया कप बुधबारदेखि, अफगानिस्तानको टोली घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
cricket-afghanistan-2023.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको १६ औँ संस्करण पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा बुधबारदेखि शुरु हुँदैछ । जसका लागि टोलीहरु तयार देखिएका छन् । नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको एसिया कपमा नेपालको उत्साह निकै छ । 

सो क्रममा अफगानिस्तानको टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले हशमतुल्लाह शाहिदीको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा रहमानुल्लाह गुर्बाज, इब्राहिम जाद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जाद्रान, मोहम्मद नाबी, इकराम अलिखिल, राशिद खान, गुलबदीन नैब, करीम जन्नत, अब्दुल रहमान, शराफुद्धिन अशरफ, मुजिब उर रहमान, नुर अहमद, मोहम्मद सलीम र फैजलहक फारूकी रहेका छन् । 

अफगानिस्तान समूह बीमा रहेको छ । जसमा श्रीलंका र बंगलादेश रहेका छन् । नेपालको समूहमा पाकिस्तान र भारत रहेका छन् । नेपालले बुधबार पाकिस्तानसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ