arrow

आफूलाई ठूला पार्टी भन्नेहरूले यस्तो स्वर्गभूमिलाई दूषित तुल्याए [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
pashupatisamsher.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबराले ठूला राजनीतिक दलहरूले नेपालजस्तो स्वर्गभूमिलाई दूषित बनाएको बताएका छन् ।  मङ्गलवार काठमाडौँमा आयोजित विश्व हिन्दु महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले ठूला राजनीतिक दलहरूले नेपाल जस्तो पुण्य भूमिलाई दूषित गरेको बताए । उनले जति दूषित, घुसखोरी, भ्रष्टाचार गरे पनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गरे । उनले नेपालमा अपार जलश्रोतको सम्भावना रहेको, अलैँची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताए । उनले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ