arrow

इमरान खानलाई रिहा गर्न अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
imran-khan-pok.jpg

काठमाडौं ।  पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको थियो । उक्त निर्णयले उनलाई पाँच वर्षका लागि आम निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो । 

मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामावादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो । सत्तरी वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुनसक्ने आशङ्का उनका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ