arrow

नेपाल र पाकिस्तान मैदानमा, टस हारेर नेपाल फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
asia-cup-cricket-2023-08-30.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । मुल्तानमा नेपालले एसिया कपमा डेब्यु गरिरहेको हो । 

खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ । खेल ३ः१५ बजे शुरु हुनेछ । 

पाकिस्तान एक दिवसीयको शीर्ष वरीयतामा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ । 

पाकिस्तानले पछिल्ला पाँच खेलमा चारमा जित हासिल गरेको छ भने नेपालले दुईमा जित तथा तीनमा हार बेहोरेको छ । 

मुल्तानमा गत वर्ष पाकिस्तानले वेष्ट इन्डिजलाई स्वागत गरेको थियो । तीन वटै खेल त्यही मैदानमा भएका थिए जुन मैदानमा नेपाल र पाकिस्तान खेल्दैछन् । 

जहाँ पहिलो इनिङ्समा २५० भन्दा बढी रन बनेको थियो । यो पिचलाई ब्याटिङ पिचका रुपमा लिने गरिन्छ । 

कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने भन्दै टिमको मनोबल बढाउने कामसमेत गरेका छन् । 

एसिया कपमा नेपालको समूहमा भारतसमेत रहेको छ । भारत हालको वरीयतामा तेस्रो स्थानमा छ । 

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ