arrow

पाकिस्तानविरुद्ध नेपालको शानदार शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
asia-cup-cricket-nepal-pakistan-2023-08-30.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ । मुल्तानमा नेपालले एसिया कपमा डेब्यु गरिरहँदा घरेलु टिम दबाबमा परेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २५ रन जोड्दा दुई विकेट गुमाएको छ । पाकिस्तानले २१ रन जोड्दा पहिलो विकेट गुमायो । 

त्यस्तै २५ रन जोड्दा दोस्रो विकेट गुमायो । 

नेपालले कसिलो बलिङ गर्ने क्रममा ओपनर फखर जमानलाई सस्तैमा आउट गरेको छ । जमान २० बलमा १४ रन बनाएर आउट भए । 

उनलाई करण केसीले आउट गरेका हुन् । आसिफ शेखले क्याच गरेका थिए । करण र सोमपाल कामीले नेपालका लागि शुरुआती बलिङ गरेका छन् ।

पाकिस्तानले ६ ओभर खेल्दा २ विकेट गुमाएर २५ रन बनायो । इमाम उल हक १४ बलमा ५ रन बनाएर रन आउट भए । उनलाई कप्तान रोहित पौडेलले रन आउट गरेका हुन् । 

पाकिस्तान एक दिवसीयको शीर्ष वरीयतामा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ । 

पाकिस्तानले पछिल्ला पाँच खेलमा चारमा जित हासिल गरेको छ भने नेपालले दुईमा जित तथा तीनमा हार बेहोरेको छ । 

मुल्तानमा गत वर्ष पाकिस्तानले वेष्ट इन्डिजलाई स्वागत गरेको थियो । तीन वटै खेल त्यही मैदानमा भएका थिए जुन मैदानमा नेपाल र पाकिस्तान खेल्दैछन् । 

जहाँ पहिलो इनिङ्समा २५० भन्दा बढी रन बनेको थियो । यो पिचलाई ब्याटिङ पिचका रुपमा लिने गरिन्छ । 

कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने भन्दै टिमको मनोबल बढाउने कामसमेत गरेका छन् । 

एसिया कपमा नेपालको समूहमा भारतसमेत रहेको छ । भारत हालको वरीयतामा तेस्रो स्थानमा छ । 

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ