arrow

एसिया कप क्रिकेटः नेपालको कसिलो फिल्डिङ, पाकिस्तानले गुमायो चौथो विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
asia-cup-nepal-pakistan-2023-08-30y.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ । मुल्तानमा नेपालले एसिया कपमा डेब्यु गरिरहँदा घरेलु टिम दबाबमा परेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २७.५ ओभर खेल्दा १२४ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । 

यसअघि पाकिस्तानले २१ रन जोड्दा पहिलो, २५ रन जोड्दा दोस्रो तथा १११ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । 

नेपालले कसिलो फिल्डिङ गरेको छ । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए भने कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले रन आउट गरे । 

मोहम्मद रिजवान ४४, फखर जमान १४, इमाम उल हक ५ तथा अघा सल्मानले ५ रन बनाएका छन् ।  

कप्तान बाबर आजमले भने अर्धशतक बनाएका छन् । 

पाकिस्तान एक दिवसीयको शीर्ष वरीयतामा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ । 

पाकिस्तानले पछिल्ला पाँच खेलमा चारमा जित हासिल गरेको छ भने नेपालले दुईमा जित तथा तीनमा हार बेहोरेको छ । 

मुल्तानमा गत वर्ष पाकिस्तानले वेष्ट इन्डिजलाई स्वागत गरेको थियो । तीन वटै खेल त्यही मैदानमा भएका थिए जुन मैदानमा नेपाल र पाकिस्तान खेल्दैछन् । 

जहाँ पहिलो इनिङ्समा २५० भन्दा बढी रन बनेको थियो । यो पिचलाई ब्याटिङ पिचका रुपमा लिने गरिन्छ । 

कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने भन्दै टिमको मनोबल बढाउने कामसमेत गरेका छन् । 

एसिया कपमा नेपालको समूहमा भारतसमेत रहेको छ । भारत हालको वरीयतामा तेस्रो स्थानमा छ । 

सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ