arrow

नेपाली टिम भारतविरुद्ध खेल्न श्रीलंकामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
asia-cup-cricket-nepal-pakistan-2023-08-30z.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसिया कप क्रिकेटको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंका पुगेको छ । गएराति पाकिस्तानसँग उसकै भूमि मुल्तानमा खेलेपछि नेपाली टिम भारतविरूद्ध खेल्न श्रीलंका पुगेको हो ।

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते सोमबार हुनेछ ।

अर्को समूहको खेलमा आज श्रीलंका र बंगलादेश खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ