arrow

शनिबार दिनभर उपत्यकाभित्र कहाँ जाँदैछ बिजुली ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
Nepal-Electricity-Authority_1618034403.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । शनिबार काठमाडौँ र ललितपुरको केन्द्र भागमा बत्ती जाने भएको छ । नेपाल विद्यु्त प्राधिकरणले ललितपुरसहित काठमाडौँमा शनिबार दिनभर नै विद्युत कटौती गर्ने भएपछि काठमाडौँको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो । 

प्राधिकरणका अनुसार शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्नेछ ।

टेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ  ६ः३०  बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ