arrow

न्यायाधीशको लागि उजुरी आह्वान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
pashupati-samser-rana-2080.JPG

काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरिएको छ । 

संसदीय सुनुवाइ समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले उजुरी आह्वान गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका थिए । 

गत भदौ १० गते बसेको न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार शर्मालाई संसदीय सुनुवाइका लागि न्याय परिषद्ले पत्र पठाएपछि उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ