arrow

भारत र पाकिस्तान मैदानमा, वर्षाको छायाँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
asia-cup-india-pakistan-2023.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तानबीचको खेल भइरहेको छ । श्रीलंकाको पेल्लेकिलेमा टस जितेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । 

वर्षाले खेल रोकिनुपूर्व भारतले ४.२ ओभरमा कुनै विकेट नगुमाइ १५ रन बनाइसकेको छ । कप्तान रोहित शर्माले १८ बलमा ११ रन बनाएका छन् । 

शुबमन गिलले भने ८ बल खेल्दा कुनै रन बनाएनन् । यो समूहमा नेपाल रहेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको हार बेहोरेको छ । 

यही मैदानमा नेपालले सोमबार भारतसँग खेल्नेछ । 

अर्को समूहको खेलमा भने श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हराएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ