arrow

हामी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको पक्षमा : रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
ravi-roti-sekney.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको पक्षमा रहेको बताएका छन् । 

सभापति लामिछानेले भने, “हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन, हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।”

देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख गरे । भ्रष्टाचार अभियोग लागेका सत्तारुढ दलका नेता कार्यकर्तालाई संरक्षण गर्न छलछाम सामसुम गरिरहेको भन्दै रास्वपा प्रतिपक्षमा रहेर थप जिम्मेवारीका साथ काम गर्ने उनले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ