arrow

सात वर्षभित्र होला त नेपालमा एड्स निर्मुल ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
hiv-aids-nirmulan.jpg

काठमाडौं ।  सरकारले सन् २०३० सम्ममा एचआईभी एड्स निर्मूल गर्ने लक्ष्य राखेको छ । एचआईभी एड्स रोकथामका लागि सरकारले विभिन्न कार्य योजना समेत अगाडी सारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर लगभग ३० हजार जना एचआईभी संक्रमित रहेको अनुमान छ । 

चेकजाँच नगरिएका सङ्क्रमितहरूबाट एड्स सर्ने प्रबल सम्भावना रहन्छ । नेपालमा करिब ९ हजार भन्दा बढी एड्स सङ्क्रमितको चेकजाँच हुन नसकेको सरकारी तथ्याङ्क छ । 

सन् २०३० सालसम्म नेपालबाट एचआईभी निर्मूल गर्न तीन वटा मुख्य रणनीतिक लक्ष्यहरू तय गरिएको छ । नेपालमा अझै पनि ३० हजार एचआईभी सङ्क्रमितहरू रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सञ्जय ठाकुरले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ