arrow

नेपाल र भारतको क्रिकेट हेर्न विद्यालय बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
rohit-poudel-rohit-sharma.jpg

जनकपुरधाम । नेपाल र भारतबीच हुने एसिया कप क्रिकेटको ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन् । 

 ‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसला बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाले निर्देशनमा उल्लेख गरिएको छ । 

आज एसिया कपमा नेपाल र भारतबीचको खेल हुँदैछ । खेल नेपालीसमय अनुसार दिउँसो ३ः१५ मा श्रीलंकाको पाल्लेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ