arrow
ADVERTISEMENT

रोहितको फितलो ब्याटिङ, कप्तानको क्याच कप्तानले लिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
rohit-poudel.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा कप्तान रोहित पौडेलले खराब ब्याटिङ गरेका छन् । उनी मात्र ५ रन बनाएर आउट भएका छन् । उनले ८ बलको सामना गरेका थिए । 

उनी रबिन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माको क्याचमा आउट भएका हुन् । रोहित पाकिस्तान विरुद्धको खेलमा डकआउट (पहिलो बलमै आउट) भएका थिए । 

नेपाली ब्याट्सम्यानहरु स्पिनरहरुसँग भने कमजोर देखिएका छन् । जडेजाले २ विकेट लिइसकेका छन् । नेपालले २० ओभर खेल्दा ९३ रन जोड्दा ३ विकेट गुमाएको हो ।  

यसअघि भीम सार्की कम योगफलमै आउट भए भीम ७ रन बनाएर आउट भएका हुन् । 

उनले १७ बलको सामना गरेका थिए । उनी रबिन्द्र जडेजाको बलमा बोल्ड आउट भएका हुन् । 

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । 

पहिलो विकेटका लागि कुशल भुर्तेलको ३८ रनको मद्धतले ६५ रनको साझेदारी भएको थियो । आसिफ शेख उच्च योगफलतर्फ अगाडि बढेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ