arrow

यसरी तयार हुँदैछ ‘राइट टर्निङ होल्डिङ जोन’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
holding-centre-baneshwor-2080 (14).jpg

काठमाडौँ । काठमाडौँ र आसपास क्षेत्रमा हुने जाम आम मानिसले दिनहुँ भोग्ने सास्ती हो । बढ्दो सवारी चाप र भीआईपीका नाममा हुने सवारीले जनतालाई थप सास्ती प्रदान गर्दै आएको छ । 

यहीँ समस्या समाधान गर्न विभिन्न उपायहरू गरिँदै आइएको छ । यस्तै जामको समस्या भोग्नु पर्ने ठाउँमध्ये एक हो नयाँ बानेश्वर चोक। यही समस्या समाधान गर्नको लागि अहिले नयाँ योजना सञ्चालन भइरहेको छ। 

काठमाडौँका व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । यो योजना परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु गरिएको हो । 

सडक विभागका अनुसार माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण भैरहेको छ । 

जापानी सहयोग नियोग जाइकाको सहयोगमा सवारी जाम घटाउन नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा पश्चिममा यस जोनको निर्माण भइरहेको हो । शुरुको चरणमा दुवैतर्फका रुखहरु काटेर अहिले निर्माण कार्य अगाडि बढिरहेको छ । 

दिउँसोको समयमा सडक व्यस्त हुने भएकाले रातिको समयमा निर्माण कार्य भइरहेको सडक विभागले जानकारी दिएको छ । यो योजनाको निर्माण अवधि यही असोज १५ गतेसम्म सक्ने गरी काम भैरहेको छ ।

holding-centre-baneshwor-2080 (1).jpg
holding-centre-baneshwor-2080 (2).jpg
holding-centre-baneshwor-2080 (3).jpg
holding-centre-baneshwor-2080 (4).jpg
holding-centre-baneshwor-2080 (5).jpg
holding-centre-baneshwor-2080 (6).jpg
holding-centre-baneshwor-2080 (7).jpg
holding-centre-baneshwor-2080 (8).jpg
holding-centre-baneshwor-2080 (9).jpg
holding-centre-baneshwor-2080 (10).jpg
holding-centre-baneshwor-2080 (11).jpg
holding-centre-baneshwor-2080 (12).jpg
holding-centre-baneshwor-2080 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ