arrow

आईसीसी टी-२० विश्वकप एसिया छनोट

नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
cricket-women-nepal-2023-09-03.jpeg

काठमाडौँ। मलेसियामा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।

यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुरु हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुन सकेको छैन ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ । समूह ‘ए’ मा चार खेल जितेको युएई चार खेलमा आठ अङ्कसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ