arrow

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, बाजागाजासहित स्वागत [भिडियो]

पूर्वाधारमा लगानी बढाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
cricket-team-nepal.jpg

काठमाडौं । एसिया कपमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बुधवार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताए । 

उनले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने बताए । उनले भारत र पाकिस्तानसँग सपना पूरा भएको र खेलबाट खेलाडीले धेरै कुरा सिकेको बताए । उनले सरकार र निजी निकायहरूले खेलाडीहरूमा लगानी बढाउनुपर्ने बताए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताए । उनले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महशुस भएको बताए । उनले मेडल लगाइसकेपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकोमा एउटा मेडल आफूलाई पनि दिनुपर्छ भन्ने ठट्टा गरेको बताए ।

विश्वका नम्बर वान ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरू कुनै पनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको बुझाई छ । एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ