arrow

नेपाली सेनाको वीरगाथा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
army-museum-palpa (18).jpg

पाल्पा । नेपाली सेनाको २०७५ सालदेखि एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सेना सङ्ग्रहालय काठमाडौँ बाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुलीगढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो । 

पाल्पा दरबारमा अवस्थित सैनिक सङ्ग्रहालय २०७८ सालमा निर्माण कार्य सम्पन्न भइ प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेपछि सर्वसाधारणलाई खुला गरिएको हो । 

लुम्बिनी प्रदेश स्तरीय पाल्पा दरबार सङ्ग्रहालय घुम्न आउन आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै यो सङ्ग्रहालय स्थापना गरिएको हो । 

यस सङ्ग्रहालयलाई मुख्य पाँच कक्षमा विभाजन गरिएको छ । नेपाली सेनाको इतिहासदेखि अहिलेसम्मका गतिविधि साथै सैन्य सामग्रीहरु सङ्ग्रहालयमा राखिएको छ । 

पहिलो, अभिकलन कक्षमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिदेखि अहिलेसम्म रहेका प्रधानसेनापति, राष्ट्र निर्माता, अतिरथि र परमाधिपतिहरुको तस्बिर र चित्र राखिएको छ । 

दोस्रो कक्षमा नेपालको एकीकरण र अङ्ग्रेज युद्धमा प्रयोग गरिएका पाल्पाका मुख्य नुवाकोटगढी, जितगढी (एकीकरणपछि रुपन्देही जिल्ला) र वाकुमगढी (पूर्व गाउँपालिका) को कलाकृति राखिएको छ । 

अर्को एतिहासिक सस्त्र अस्त्र कक्ष नाम दिइएको यो कक्षमा नेपाल एकीकरण र अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्रयोग गरेको हातहतियारहरु राखिएको छ । भरुवा बन्दुकदेखि तोप, खुकुरीहरु सैनिक सङ्ग्रहालय छाउनीबाट ल्याएर राखिएको छ । 

पुरानासँगै अहिले प्रयोग हुने आधुनिक हातहतियारहरु पनि राखिएको छ । 

यससँगै पोशाक आभुषण, विभुषण कक्षमा नेपाली सेनाको स्थापना कालदेखि प्रयोग गरिएको पोशाकसहित नेपाली सेनामा प्रयोग हुने दर्ज्यानी चिन्हहरु राखिएको छ । 

पाँचौँ कक्षमा नेपाली सेनाको अहिलेसम्मको योगदानहरुको भिडियो अडिटोरियममा देखाइन्छ । 

सबै कक्ष घुमेर आएर अन्तिम अडिटोरियमा सेनासँग सम्बन्धी सामग्रीहरु देखाइने गरिन्छ । 

सैनिक सङ्ग्रहालय स्थापनापछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण झनै बढेको पाल्पा दरबार सङ्ग्रहालयले जनाएको छ । 

यहाँ आउने पर्यटकहरु सैनिक सङ्ग्रहालय अवलोकनपछि पुलकित हुने गरेका छन् । 

पहिला दैनिक २०० पर्यटक पुग्ने पाल्पा दरबार सङ्ग्रहालयमा सैनिक सङ्ग्रहालय स्थापना पछि ४५० को हाराहारीमा अवलोकन गर्न पुग्ने गरेको पाल्पा दरबार सङ्ग्रहालयका निमित्त प्रमुख चन्द्र ओलीले जानकारी दिए । (नेपाल फोटो लाइब्रेरी)

army-museum-palpa (1).jpg
army-museum-palpa (2).jpg
army-museum-palpa (3).jpg
army-museum-palpa (4).jpg
army-museum-palpa (5).jpg
army-museum-palpa (6).jpg
army-museum-palpa (7).jpg
army-museum-palpa (8).jpg
army-museum-palpa (9).jpg
army-museum-palpa (10).jpg
army-museum-palpa (11).jpg
army-museum-palpa (12).jpg
army-museum-palpa (13).jpg
army-museum-palpa (14).jpg
army-museum-palpa (15).jpg
army-museum-palpa (16).jpg
army-museum-palpa (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ