arrow

प्रधानसेनापति शर्मा भन्छन् – सेना आस्था र भरोसाको धरोहर हो भन्ने विश्वास कायम राखौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
prabhuram-sharma-army-chief-2080-05-22.jpg

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राखी व्यक्तिगत र सामूहिक ढङ्गले कार्यसम्पादन जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । 

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको दुई दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले अनुशासन तथा जवाफदेहिताको महत्त्वलाई बुझेर प्राप्त सबै जिम्मेवारी गुणस्तरीय ढङ्गले निर्धारित समयमा पूरा गर्न सुझाव दिए । 

प्रधानसेनापति शर्माले भने, “आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ, बैठकमा भएका छलफललाई तल्लो दर्जा र एकाइसम्म प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजानुस् ।” उनले बैठकबाट समग्र देशको परिस्थितिलाई बुझेर आइपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको परिस्थितिको विश्लेषण, अपरेशनल अवस्थालगायत प्रधान सेनापति समक्ष गर्नु भएको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकमा उल्लेख भएका विषयको प्रगति विवरण प्रस्तुत गरेका थिए । 

पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिको सहभागीता रहेको बैठकमा प्रस्तुत विषय र छलफलबाट नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न सहयोग पुग्ने सेनाले विश्वास लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ