प्रचण्डको अमेरिका र चीन भ्रमण सफल बनाउने सहमति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
772
Shares
काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अमेरिका र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह प्रधानमन्त्रीले लिएको बताए ।