arrow

द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
kamalbikram-shaha-aayojana.jpg

काठमाडौं । काठमाडौं–तराई-मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९-८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ । 

आइतबार नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए । 

उनले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरू मध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेका जानकारी दिए । त्यस्तै द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्याकेज नम्बर ८क, ९क र ९खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८क, ९क र ९खको २०८० साल भाद्र १३ गते बोलपत्र खोलुवा भई मूल्याङ्कन भइरहेको जनाइएको छ । 

त्यसै गरी द्रुतमार्गको मख्खुबेंसी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० साल भाद्र १ गते बोलपत्र आव्हान भएको छ । प्रमुख शाहका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ । उनले आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात् खरिद प्रक्रिया शुरु गर्ने गरी तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ